एनपिएलः विराटनगर र चितवन राइनोजबीच खेल हुने

सहयात्रा टिभी

काठमाडौं । मंसिर १०, काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एिनपिएल) अन्तर्गत आज विराटनगर र चितवन राइनोज प्रतिस्पर्धा गर्ने छन् । त्रिवि क्रिकेट मैदानमा बुधबार दिउँसो ३ बजे खेल शुरु हुनेछ ।


विराटनगरले लगातर तीन खेलमा जित हासिल गरेको छ । उसको अंक ६ पुगेको छ भने तालिकामा दोस्रो स्थानमा कायम छ । यस्तै, चितवन राइनोजले यसअघि खुई खेलमा एक खेलमा मात्र जित हात पारेको छ । तालिकाको पाँचौँ स्थानमा रहेको चितवन राइनोजले आज आफ्नो खेलमा जितको खोजीसँगै तालिकामा उक्लने अवसर बनाउनु पर्नेछ ।

प्रकाशित : 26 November, 2025

प्रतिक्रिया दिनुहोस्