भारतमा नेपालीहरू सवार बस ट्रकसँग ठोक्किएरआगलागी

सहयात्रा टिभी

काठमाडौं । मंसिर १६, भारतको उत्तरप्रदेशमा पर्ने बलरामपुर जिल्लामा नेपालीहरू सवार बस ट्रकसँग ठोक्किएर आगो लागेको छ ।

आगोमा जलेर बसमा सवार ३ जनाको मृत्यु पुष्टि भएको छ । २४ जना घाइते भएका छन् । तीमध्ये ६ जनाको अवस्था गम्भीर छ । मृतक र घाइतेहरूको पहिचान खुल्न सकेको छैन ।

यूपी २२ एटी ०२४५ नम्बरको बस र यूपी २१ डीटी ५२३७ नम्बरको ट्रक मंगलबार बिहान करिब साढे २ बजेतिर कोतवाली देहात थाना क्षेत्रको फुलबरिया सडकमा ठोक्किएका हुन् ।

सो बस नेपाल–भारत सिमाना नजिकको सुनौलीबाट दिल्लीतर्फ जाँदै थियो । बसमा ४५ यात्रु सवार थिए । तीमध्ये अधिकांश नेपाली रहेको दैनिक भाष्करले जनाएको छ ।

 

 

प्रकाशित : 2 December, 2025

प्रतिक्रिया दिनुहोस्