एनपीएलको आजको खेलमा कर्णाली याक्सले बलिङ गर्दै
सहयात्रा टिभी
काठमाडौं । मंसिर १६, नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा कर्णाली याक्सले पहिले बलिङ गर्दैछ ।

कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर पोखरा एभेन्जर्सविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेका हुन् ।
पोखराले आजको खेलका लागि ५ परिवर्तन गरेको छ । जिमी नीशम, म्याट टेलर, सुमित वर्मा, अभिषेक तिवारी र दिनेश खरेल बाहिरिँदा जेसन रोय, धनन्जय लक्षण, ऋषि धवन, आकाश चन्द र सन्दीप केसी टिममा आएका छन् ।
कर्णालीले पनि ३ परिवर्तन गरेको छ । विलियम बोसिस्टो, युवराज खत्री र दीपक डुम्रे बाहिरिँदा जयकिशन कोल्सावाला, युनिशविक्रमसिंह ठकुरी र दीपेन्द्र रावत टोलीमा आएका छन् ।
पाँच खेल खेलिसकेको कर्णाली र चार खेल खेलेको पोखरा दुवैले एकरएक खेलमात्रै जितेका छन् ।


