आज देशभरको मौसम पूर्वानुमान

सहयात्रा टिभी

काठमाडौं । मंसिर १७, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।


आज दिउँसो देशको हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । यस्तै, आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रकाशित : 3 December, 2025

प्रतिक्रिया दिनुहोस्