भ्रष्टाचार प्रकरणमा प्रदीप अधिकारीलाई पक्राउ
सहयात्रा टिभी
काठमाडौं । मंसिर १७, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पक्राउ गरेको छ ।

भक्तपुरको नलिन चोकमा रहेको हेलिप्याड निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा अनुसन्धानका लागि अख्तियारले महानिर्देशक अधिकारीलाई पक्राउ गरेको हो ।
यस्तै अख्तियारले प्राधिकरणका तत्कालीन महानिर्देशक मुरारी भण्डारीलाई पनि पक्राउ गरेको छ ।


