अब देशकै लिड गर्नुपर्छ भन्ने लागिराछ : कुलमान घिसिङ

सहयात्रा टिभी

काठमाडौं । मंसिर १७, ऊर्जा, जलस्रोत, शहरी एवं भौतिक मन्त्री कुलमान घिसिङले अब आफूलाई देशकै नेतृत्व गर्नुपर्छ कि भन्ने लागिरहेको बताएका छन् ।

उज्यालो पार्टी नेपालको घोषणासभामा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले अघिल्लो सरकारसँगको झगडाकै उपहारस्वरुप मन्त्री पद पाएको भन्दै त्यसलाई अवसरकै रुपमा बुझेको पनि बताए ।

अब भने देशकै लिड (नेतृत्व) गर्नुपर्छ कि भन्ने आफूलाई लागेको जिकिर गरे ।

प्रकाशित : 3 December, 2025

प्रतिक्रिया दिनुहोस्