एमालेको ११औं महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग हुने
सहयात्रा टिभी
काठमाडौं । मंसिर १८, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया छिटो छरितो बनाउन यसपटक पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने जानकारी दिए ।
एमालेले यसअघि चितवनमा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनमा पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गरेको थियो ।
एमाले महाधिवेशनले यसपटक १५ पदाधिकारीसहित २५१ जना केन्द्रीय कमिटी चयन गर्ने छ । एमाले महाधिवेशनमा करिब दुई हजार २०० प्रतिनिधि सहभागी हुने छन् ।
एमाले महाधिवेशन यही मंसिर २७ गतेदेखि २९ गतेसम्म काठमाडौंमा हुँदै छ । महाधिवेशनको उदघाटन समारोह भक्तपुरको सल्लाघारीमा र बन्दसत्र भृकुटीमण्डपमा हुने छ ।


