प्रधानमन्त्रीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै
सहयात्रा टिभी
काठमाडौं । मंसिर १९, फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनबारे छलफल गर्न अपराह्न ४ बजे प्रधानमन्त्रीले बैठक आह्वान गरेकी हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्ने भएको छ । बैठकमा सहभागिताका लागि जेन-जी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोग, सुरक्षा निकायका प्रमुखलगायतलाई पनि बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यस्तै, कांग्रेस, एमाले, नेकपा, राप्रपा, रास्वपालगायत राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिलाई आमन्त्रण गरिएको प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए ।
प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनलाई केन्द्रित गर्दै सरकारले सरोकार भएका पक्षसँग निरन्तर छलफल गर्दै आएको छ । निर्वाचनका लागि आयोगले कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ । पुराना तथा नयाँ दलहरूले निर्वाचन केन्द्रित गतिविधि अगाडि बढाइरहेका छन् ।


