पोखरा विमानस्थलको भ्रष्टाचार मुद्दामा पनि मुछिए प्रदीप अधिकारी
सहयात्रा टिभी
काठमाडौं । मंसिर २१, नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दामा पनि जोडिएका छन् ।

अख्तियारले उनीसहित ५६ जनालाई प्रतिवादी बनाएर अहिले विशेष अदालतमा भ्रष्टाचार मुद्दासम्बन्धी आरोपपत्र लगेको छ ।
यसअघि भक्तपुरको नलिन्चोकस्थित हेलिपोर्ट निर्माणको भ्रष्टाचार मुद्दामा पनि उनी जोडिएका थिए ।
उनलाई अख्तियारले नियन्त्रणमै लिएर मुद्दा दर्ता गराएको थियो । अहिले उनीविरुद्धका मुद्दामा विशेष अदालतमै सुनुवाइ भइरहेको छ ।


