आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव रहने

सहयात्रा टिभी

काठमाडौं । मंसिर २३ , जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । यस्तै, आज राति देशभरको मौसम सफा रहने महाशाखाले जनाएको छ ।

प्रकाशित : 9 December, 2025

प्रतिक्रिया दिनुहोस्