आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै
सहयात्रा टिभी
काठमाडौं । मंसिर २३ , आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष डिसेम्बर ९ तारिखका दिन विश्वभर यो दिवस मनाइने गरिन्छ । यसवर्ष भ्रष्टाचार विरुद्ध दिवसको अन्तर्राष्ट्रिय नारा ‘भ्रष्टाचारविरुद्ध युवासँग एकता स् भोलिको इमानदारीताको निर्माण’ रहेको छ ।
यस वर्षको नाराले युवालाई नेतृत्वदायी भूमिका खेल्न र समाजमा पारदर्शिता, जिम्मेवारी र इमानदारीको मूल्य बढाउन प्रेरित गरेको छ ।
राष्ट्रसङ्घको महासभाले भ्रष्टाचार विरुद्ध संयुक्त रूपमा लड्न संयुक्त राष्ट्रसङ्घीय महासन्धि सन् २००३ मा पारित गरेको थियो । सन् २००५ देखि लागू भएको यो महासन्धिलाई नेपालले पनि अनुमोदन गरेको छ ।
महासन्धि अनुसार नै नेपालले सम्पत्ति शुद्धीकरण गठन गरेको छ । हरेक वर्ष भ्रष्टाचार विरुद्ध विभिन्न कार्यक्रम हुँदै आएका छन् । तर पनि भ्रष्टाचार न्यूनीकरण हुन सकेको छैन ।


