राप्रपा र राप्रपा नेपालबीच एकता प्रयासको लागी घनिभूत छलफल
सहयात्रा टिभी
काठमाडौं । मंसिर २३ , राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० र राप्रपा नेपाल पार्टी एकताको नजिक पुगेका छन् । दुवै दलका शीर्ष नेताहरूबीच केही दिनदेखि घनिभूत छलफल भइरहेको छ ।

त्यसको जानकारी राप्रपा नेपालका अध्यक्ष कमल थापाले सार्वजनिक कार्यक्रममार्फत नै दिएका छन् ।
पार्टी आबद्ध काठमाडौं जिल्लास्तरीय जेन्जी फ्रण्टको भेलालाई सम्बोधनको क्रममा थापाले केही दिनभित्र ‘खुसीको समाचार’ सुन्न पाइने बताए ।
उनले भने, ‘सबै अनुकूल भएमा केही दिनभित्र खुसीको समाचार पनि सुन्न पाउनुहुनेछ, सबै एकै ठाउँमा बसी बलियो शक्ति निर्माण गर्नु आजको आवश्यकता हो ।’
थापाले जेन्जीहरूको अधुरो सपना पूरा गर्न बलियो राष्ट्रवादी शक्ति निर्माणमा जोड दिए । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पनि राप्रपा नेपालसँग छिट्टै एकता सहमति हुने सम्भावना रहेको बताए ।
उनले अरू राष्ट्रवादी शक्तिहरूलाई पनि एक ठाउँमा ल्याउने प्रयास भइरहेको छ ।


