नियुक्त चार जना मन्त्रीहरूले शपथ लिए
सहयात्रा टिभी
काठमाडौं । मंसिर २६ , नवनियुक्त चार जना मन्त्रीहरूले शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहबीच नवनियुक्त चार मन्त्रीहरूले शपथ लिएका हुन् । मन्त्री हुनेहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम रहेका छन् ।
उनीहरूलाई प्रधानमन्त्रीको सिफारिसमा आजै राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् ।


