शोधनान्तर स्थितिमा झनै सुधार ३ खर्ब बचतमा

सहयात्रा टिभी

काठमाडौं । मंसिर २९, चालु आर्थिक वर्ष कात्तिकसम्म शोधनान्तर स्थिति ३ खर्ब १८ अर्ब ४० करोडले बचतमा छ ।

निर्यात तथा रेमिट्यान्स आप्रवाहमा आएको सुधारले शोधनान्तर स्थितिमा झनै सुधार आएको हो ।

चालु आव कात्तिकमा रेमिट्यान्स आप्रवाह ३१ प्रतिशतले बढेको छ भने निर्यात ७७ प्रतिशतले बढेको छ । गत आव कात्तिकसम्म शोधनान्तर स्थिति २ खर्ब ५ अर्ब ८३ करोडले बचतमा थियो ।

अमेरिकी डलरमा गत आव कात्तिकमा १ अर्ब ५३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति चालु आव २ अर्ब २६ करोडले बचतमा छ ।

चालु आव कात्तिकसम्म चालु खाता २ खर्ब ७९ अर्ब ६५ करोडले बचतमा छ । गत आव सोही अवधिमा चालु खाता १ खर्ब ४७ अर्ब ७८ करोडले बचतमा थियो ।

 

प्रकाशित : 15 December, 2025

प्रतिक्रिया दिनुहोस्