एमाले महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन जडान

सहयात्रा टिभी

काठमाडौं । पुस १, नेकपा एमालेले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन गरिँदैछ ।

मतदानका लागि भृकुटीमण्डपमा बनाइएको निर्वाचन केन्द्रमा विद्युतीय मेसिन जडान गरेर बुथ तयार गरिसकिएको छ ।

महाधिवेशनमा १०० वटा मेसिन ल्याइएको भएपनि ८० वटा मेसिन प्रयोग गर्नेगरी तयारी भएको एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले बताए ।

रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले १० वटा नमूना अभ्यास र १० वटा अतिरिक्त मेसिन राखिएको बताए ।

एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा। सुब्बाका अनुसार एक जना मतदातालाई मतदान गर्न कम्तीमा २५ देखि ३० मिनेट लाग्ने अनुमान छ । मतदानमा २४०० प्रतिनिधि सहभागी हुँदैछन् ।

केन्द्रीय निर्वाचन आयोगले मंगलबार मध्याह्न १२ बजेदेखि मतदानको समय तोकेको भएपनि अझै सुरु भएको छैन ।

 

प्रकाशित : 16 December, 2025

प्रतिक्रिया दिनुहोस्