बढ्याे सुनचाँदीकाे मूल्य, कति पुग्याे ?
सहयात्रा टिभी
काठमाडौं । पुस २, नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । बुधबार सुन ७०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ५९ हजारमा कारोबार भएकाे सुन बुधबार बढेर प्रतितोला २ लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै बुधबार चाँदीको मूल्य पनि बढेर प्रतितोला ४ हजार ५५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतिताेला चाँदी ३ हजार ८८५ रुपैयाँमा किनबेच भएकाे थियाे ।


