सुरेन्द्र पाण्डेलाई पछि पार्दै एमाले महासचिवमा शंकर पोखरेल विजयी

सहयात्रा टिभी

काठमाडौं । पुस ३,नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका छन्। नयाँ नेतृत्व चयनका लागि सम्पन्न मतदानको नतिजा अनुसार पोखरेलले आफ्ना प्रतिस्पर्धी सुरेन्द्र पाण्डेलाई पराजित गर्दै महासचिवको जिम्मेवारी सुरक्षित गरेका हुन्।

प्राप्त मतपरिणाम अनुसार पोखरेलले १ हजार २ सय २८ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी पाण्डेले ९ सय ९९ मत प्राप्त गरेका छन्। निर्वाचन आयोगले मतपरिणामको औपचारिक घोषणा गर्न भने बाँकी छ।

यसैगरी, पार्टी अध्यक्षमा केपी शर्मा ओली भारी मतका साथ विजयी भइसकेका छन्। यसपटकको निर्वाचनमा ओलीसँग प्रतिस्पर्धा गर्न ईश्वर पोखरेलले आफ्नो छुट्टै प्यानल बनाएर उम्मेदवारी दिएका थिए।

प्रकाशित : 18 December, 2025

प्रतिक्रिया दिनुहोस्