सुन र चाँदीको मूल्य घट्यो, तोलामा २ हजारले सस्तियो सुन
सहयात्रा टिभी
काठमाडौं । पुस ४, नेपाली बजारमा साताको अन्तिम कारोबार दिन शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले घटेको हो ।

महासंघले शुक्रबारका लागि सुनको कारोबार मूल्य प्रतितोला २ लाख ५८ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ कायम थियो । गत सोमबार भने सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुग्दै २ लाख ६० हजार ७ सय रुपैयाँको रेकर्ड बनाएको थियो ।
यसैगरी, सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन हालसम्मकै महँगो अर्थात् प्रतितोला ४ हजार ८५ रुपैयाँमा कारोबार भएको चाँदी, आज तोलामा ७५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ४ हजार ५ रुपैयाँ कायम भएको छ ।


