२०३८ देखि निरन्तर चुनाव लड्दै आएका कांग्रेस नेता केसीले लिए विश्राम
सहयात्रा टिभी
काठमाडौं । पुस ५, २०३८ सालदेखि नुवाकोटबाट निरन्तर चुनाव लड्दै आएका कांग्रेस नेता अर्जुननरसिंह केसीले आसन्न प्रतिनिधि सभा चुनाव नलड्ने घोषणा गरेका छन् ।

पार्टीका नेता कार्यकर्ताले क्षेत्रबाट सिफारिस हुन आग्रह गरेकोमा केसीले अघिल्लो चुनावमै अन्तिमपटक भनेर भोट मागेकाले अब चुनाव नलड्ने बताएका हुन् । केसी २०३८ सालमा राष्ट्रिय पञ्चायत सदस्य भएका थिए । उनी २०४३ मा हारेपछि सोही निर्वाचनमा जिल्ला पञ्चायत सभापति भएका थिए । त्यसयताका २०४८ देखिका ६ वटा निर्वाचन लडेका केसीले ४५ वर्षपछि प्रत्यक्ष निर्वाचनको दौड छाडेका हुन् ।


