पश्चिमी वायुको प्रभाव : तराईमा हुस्सु र कुहिरो

सहयात्रा टिभी

काठमाडौं । पुस ७, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै देशभर आंशिक बदली रहेको जनाएको छ । आज दिउँसो र राति देशभरको मौसम साधारणतया सफा रहनेछ ।


तराई भूभागमा तापक्रम हल्का घट्ने तथा हुस्सु रकुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आकाशमा बादल देखा परे पनि तत्काल वर्षाको सम्भावना भने नरहेको जनाएको छ ।

प्रकाशित : 22 December, 2025

प्रतिक्रिया दिनुहोस्