रविले गरे नयाँ र वैकल्पिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु

सहयात्रा टिभी

काठमाडौं । पुस ८, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानलेले नयाँ र वैकल्पिक भनिएका सबै शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको बताएका छन् ।

उक्त योजनाअनुसार नै सोमबार राति अबेरसम्म काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)सँग छलफल भएको उनको भनाइ छ ।

बालेनलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो ? भन्ने प्रश्नमा लामिछानले भने, ‘हामी त्यसचरणमा पुगेका छैनौँ। पहिले एक अर्कालाई बुझ्नुपर्‍यो ।’

उनले फेरि पनि छलफलको तयारी भएको र त्यसपछिमात्रै राजनीतिक छलफल हुने बताए । उनले हामी नेपाली नामक एनजीओका सुदन गुरुङ र ऊर्जामन्त्री कुलमान घिसिङसँग पनि छलफलको तयारी भएको बताए ।

‘अरुसँग पनि कुरा भएको छ । सुदन गुरुङजीसँग, कुलमानजीसँग पनि कुरा गर्छौँ,’ उनले भने, ‘रास्वपाले गर्छ नै यो रास्वपाको जिम्मेवारी नै हो ।’

 

 

प्रकाशित : 23 December, 2025

प्रतिक्रिया दिनुहोस्