बयानमा आयोगले बोलाएपछि देउवासँग परामर्श लिँदै लेखक

सहयात्रा टिभी

काठमाडौं । पुस ९ , जेनजी आन्दोलन जाँचबुझ आयोगले बयानमा बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग परामर्श गर्दैछन् ।

आयोगलाई दिइने बयानबाट परामर्श गर्न लेखक आज (बुधबार) सभापति देउवालाई भेट्न उनी बस्दै आएको महाराजगञ्जस्थित भाडाको निवास जाँदै छन् ।

महाराजगञ्ज स्रोतले नेता लेखकलाई छलफलका लागि बोलाइएको पुष्टि गरेको छ । तर, समय भने खुलाइएको छैन । ‘छलफलका लागि आउने कुरा छ । आउनुहुन्छ’, स्रोतले भन्यो ।

यसअघि नेता लेखकले बयान दिन बोलाएको विषयमा ‘सल्लाह’ गरिरहेको प्रतिक्रिया दिएका थिए । आयोगले बयानका लागि बोलाएको पत्र भने नपाएको उनको भनाइ छ ।

विशेष अदालतका तत्कालीन पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले मंगलबार लेखकलाई बयानका लागि पत्र पठाउने निर्णय गरेको थियो ।

 

 

प्रकाशित : 24 December, 2025

प्रतिक्रिया दिनुहोस्