सुनचाँदीको भाउले तोड्यो फेरि नयाँ रेकर्ड, सुन तोलाको २ लाख ६८ हजार नाघ्यो
सहयात्रा टिभी
काठमाडौं । पुस ९, नेपाली बजारमा सुन र चाँदीको मूल्यले पछिल्लो केही दिनयता लगातार नयाँ ऐतिहासिक उचाइ कायम गरिरहेको छ । यही क्रममा अघिल्लो दिन भारी अंकले बढेको सुनको भाउ बुधबार पुनः ९ सय रुपैयाँले उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ निर्धारण गरेको छ । यसअघि मंगलबार एकैदिन ५ हजार ५ सय रुपैयाँले बढेर सुन २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुन मात्र नभई चाँदीको मूल्यमा पनि उच्च वृद्धि देखिएको छ । बुधबार चाँदी तोलामा १६५ रुपैयाँले बढेर ४ हजार ४२० रुपैयाँ पुगेको छ । मंगलबार यसको मूल्य ४ हजार २५५ रुपैयाँ थियो । तथ्यांक हेर्दा यस दिन सुनको तुलनामा चाँदीको मूल्य वृद्धिदर प्रतिशतका आधारमा अझ धेरै देखिएको छ ।


