कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच भेट
सहयात्रा टिभी
काठमाडौं । पुस ११, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँगको भेटघाटलाई तीव्र बनाएका छन् । यसै क्रममा उनी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बिहान १० बजे महाराजगञ्जस्थित देउवा निवास पुगेका हुन्, जहाँ दुई नेताबीचको छलफल जारी रहेको छ ।

देउवासँगको भेटघाट लगत्तै मन्त्री खरेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि संवाद गर्ने कार्यक्रम तय भएको छ । मन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार, खरेल बिहान ११ बजे अध्यक्ष ओलीलाई भेट्न गुण्डु पुग्नेछन् । त्यसलगत्तै मध्याह्न १२ बजे संयोजक प्रचण्डसँग भेटवार्ता गर्ने उनको कार्यतालिका रहेको छ ।


