समानुपातिक तर्फको बन्द सूचीमा भएको गल्तीलाई सच्याइने : रास्वपा

सहयात्रा टिभी

काठमाडौं । पुस १६ , राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश पराजुलीले प्रतिनिधिसभाको समानुपातिक तर्फको बन्द सूचीमा भएको गल्तीलाई सच्याउने बताएका छन् ।

रास्वपाले निर्वाचन आयोगमा पेस गरेको बन्द सूचीमा उल्लेखित कतिपय नामप्रति पार्टीभित्र र बाहिरबाट विरोध भएको छ ।

पराजुलीले सामाजिक सञ्जाल मार्फत धारणा राख्दै भनेका छन्, ‘सहमति अत्यावश्यक थियो । अन्तिम समयमा महत्त्वपूर्ण काम भए । समानुपातिक सूचीमा भएका गल्तीलाई सच्याइनेछन् । सुशासन र विधि हाम्रो जग हो ।’

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकामा राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची संशोधन गरी पेस गर्ने अवधि २१ देखि २७ पुससम्मका लागि तोकेको छ ।

उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा २८ पुसमा निवेदन दिन सक्नेछन् ।

 

 

प्रकाशित : 31 December, 2025

प्रतिक्रिया दिनुहोस्