नेप्सेमा दोहोरो अंकले गिरावट
सहयात्रा टिभी
काठमाडौं । पुस २०, नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले गिरावट आएको छ ।

साताको पहिलो दिन आइतबार नेप्से सूचक १०.२९ अंकले घटेर २६१०.६३ अंकमा अडेको हो । वित्तीय क्षेत्रको ब्याजदर न्यून भएको अवस्थामा सेयर बजार सूचक घटेको हो ।
अर्थतन्त्रमा देखिएका समस्याका कारण पनि सेयर लगानीकर्ताको मनोबल कमजोर भएको हो ।
अर्थतन्त्रमा माग बढ्न नसक्नु, आर्थिक गतिविधि सुस्त हुँदा सेयर बजारले पनि सकारात्मक गति लिन सकेको छैन ।
आइतबार कारोबार सुरु हुँदादेखि नकारात्मक रहेको नेप्से बन्द हुँदासम्म कायम रह्यो । नेप्सेमा सेयर किनबेच भएको कुल कारोबार रकम हेर्दा सेयरको माग रहेको र आगामी दिन झनै बढ्न सक्ने अनुमान गर्न सकिन्छ ।
आइतबार नेप्सेमा ३ सय २३ कम्पनीको सेयर खरिद–बिक्री भएको छ । तीमध्ये १ सय ७१ कम्पनीको सेयर मूल्य घटेको छ । साथै, ७९ कम्पनीको सेयर मूल्य बढेको नेप्सेले जनाएको छ ।


