वीरगञ्जमा निश्चितकालीन कर्फ्यु आदेश जारी

सहयात्रा टिभी

काठमाडौं । पुस २१, मुस्लिम समुदायको प्रदर्शनले तनाव बढेपछि वीरगञ्जमा आज दिउँसो १ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले आज सूचना जारी गर्दै कर्फ्यु आदेश जारी गरेएका हुन् ।

शनिबार धनुषाको एक मस्जिदमा भएको तोडफोड पछि वीरगञ्जमा हिजोदेखि नै मुस्लिम समुदायले प्रदर्शन चर्काएका हुन् । यसपछि बीरगञ्ज लगायत मधेसभरि विभिन्न स्थानमा दुई समुदायबीच तनाव बढेको छ ।

पूर्वमा बसपार्क, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चौक र दक्षिणमा शंकराचार्य गेटसम्म भित्रको क्षेत्रमा कर्फ्यु जारी गरिएको हो ।

वीरगञ्जमा आज हिन्दु समुदायले समेत जय श्रीरामको नारा लगाउँदै प्रदर्शन थालेपछि तनाव झन बढेको हो ।

प्रकाशित : 5 January, 2026

प्रतिक्रिया दिनुहोस्