कोशीमा सरकार पुनर्गठनको तयारी चरणमा

सहयात्रा टिभी

काठमाडौं । पुस २१, कोशी प्रदेशमा सत्ता साझेदार दलहरू नेकपा (एमाले) र नेपाली कांग्रेसबीच मन्त्रिपरिषद् पुनर्गठनको तयारी भएको छ ।

मुख्यमन्त्री हिक्मत कार्कीले केही दिनभित्रै मन्त्रिपरिषद् पुनर्गठन तयारी थालेका हुन् । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार केही दिनभित्र नयाँ मन्त्रीको शपथ हुनेछ ।

नेपाली कांग्रेसका सांसद भीम पराजुलीले पनि सरकार पुनर्गठन अन्तिम चरणमा पुगेको बताए । उनका अनुसार १–२ दिनभित्रै सरकार पुनर्गठन हुने र नयाँ मन्त्रीहरूको शपथ ग्रहण हुने सम्भावना छ ।

नेकपा एमालेबाट मन्त्री बन्ने आकांक्षीहरूको सूचीमा ६ जनाको नाम छ, जसमध्ये चार जना मन्त्री बन्नेछन् ।

एमाले स्रोतका अनुसार बिदुर लिङ्थेप, चिन्तन पाठक निरन राई, इन्द्रमणि पराजुली, उमाकान्त गौतम र रामप्रसाद मेहतामध्ये ४ जना मन्त्री बन्नेछन् ।

 

प्रकाशित : 5 January, 2026

प्रतिक्रिया दिनुहोस्