कांग्रेसका नेता विमलेन्द्र निधि र  प्रदर्शनरत समूहबीच चर्काचर्की

सहयात्रा टिभी

काठमाडौं । पुस २२, नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी हुन सानेपा पुगेका नेता विमलेन्द्र निधि र कार्यालयमा प्रदर्शनरत समूहबीच चर्काचर्की भएको छ ।

पार्टी केन्द्रीय कार्यालय घेराउका लागि पुगेका विशेष पक्षधर केह कार्यकर्ताहरूले नेता निधि लिंक रोडबाट भित्रिने क्रममा क्रममा अवरोध पुर्‍याएका थिए ।

सो क्रममा नेता निधि र कार्यकर्ताहरूबीच चर्काचर्की भएको थियो । सामाजिक सञ्जालमा देखिएको एक भिडियोमा दुई पक्षबीच चर्काचर्की परेको देखिन्छ ।

भिडियोमा निधिले ‘को हो त्यो मान्छे, ए को हो ? को हो ? ए को हो ? कांग्रेसी होइन यो, कांग्रेसी होइन’ भनेको सुनिन्छ ।

विशेष पक्षधर कार्यकर्ताको माझबाट ‘तपाईं चैं हो ?’ भन्ने आवाज सुनिन्छ । निधि पार्टी कार्यालयतर्फ गइसकेपछि होहल्लाका बीच ‘ओइ, आइजा’, ‘तेरो घर‘’ आदि स्वर सुनिन्छ ।

यसैबीच विशेष महाधिवेशन पक्षधर केन्द्रीय सदस्य मधु आचार्यले मंगलबार आफूहरूको कुनै आपचारिक कार्यक्रम रहेको र विशेष पक्षधरले सानेपा घेराउन नगरिएको बताएका छन् ।

‘कसैले आफ्नो हिसाबले स्वस्फूर्त व्यक्तिले गर्ने कुराको छुट्टै विषय होला । तर, विशेष महाधिवेशन पहल गर्ने पक्षको कुनै त्यस्तो कार्यक्रम छैन,’ उनले भने ।

 

 

प्रकाशित : 6 January, 2026

प्रतिक्रिया दिनुहोस्