कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक ९ बजे बस्दै

सहयात्रा टिभी

काठमाडौं । पुस २३, नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ। मंगलबार बसेको बैठकले राष्ट्रिय सभा निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने निर्णय गरेको थियो।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बुधबार बिहान ९ बजे बस्न लागेको हो। मंगलबारको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ का सन्दर्भमा छलफल भएको हो।

मंगलबारको बैठकमा महामन्त्री गगनकुमार थापा र सहमहामन्त्री फरमूल्लाह मन्सुर र जीवन परियारले आ–आफ्नो धारणा राखेका थिए। आजको बैठकमा थप नेताले धारणा राख्नेछन्।

प्रकाशित : 7 January, 2026

प्रतिक्रिया दिनुहोस्