जिम्मेवारीवोध भएका जन प्रतिनिधि चुन्न कानुनमन्त्री सिन्हाको आग्रह
सहयात्रा टिभी
काठमाडौं । पुस २४, कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आगामी निर्वाचनमा एउटा कानुन बनाउन पाँच वर्ष लगाउनेहरूलाई भोट नदिन आग्रह गरेका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगले बिहीवार आयोजना गरेको कार्यक्रममा उनले जनताप्रति उत्तरदायी र जिम्मेवारीवोध भएका जनप्रतिनिधि चुन्न आग्रह गरेका हुन् ।
जेन–जी आन्दोलनले योग्य जनप्रतिनिधि छान्ने मौका दिएको उनको भनाइ छ । आवश्यकताका आधारमा कानुन निर्माणमा प्राथमिकता दिनुपर्ने पनि मन्त्री सिन्हाले जोड दिए । उनले बाझिने खालको कानुन बनाउन नहुने बताए ।


