जेनजी आन्दोलमा साढे २३ करोड नगद जलेर नष्ट
सहयात्रा टिभी
काठमाडौं । पुस २५, भदौ २३ र २४ को जेनजी आन्दोलनमा साढे २३ करोड रुपैयाँभन्दा धेरै नोट जलेर नष्ट भएको छ ।

आन्दोलमा नगद क्षति साढे ७८ करोडको भए पनि जलेर नष्ट भएको २३ करोड ६९ लाख बराबर हो ।
जेनजी आन्दोलपछि बनेको अन्तरिम सरकारले गठन गरेको क्षति मूल्यांकन तथा सार्वजनिक संरचना पुनर्निर्माण योजना तयारी समितिको प्रतिवेदन २०८२ अनुसार नगद तथा बहुमूल्य वस्तु वा सम्पत्तिमा पुगेको समग्र क्षति कुल २ अर्ब ८१ करोड ३४ लाख बराबर छ ।
त्यसमध्ये चोरीका कारण ३२ करोड ८१ लाख रुपैयाँ क्षति पुगेको छ भने तोडफोडका कारण नगदमा पुगेको क्षति २२ करोड बराबर छ ।
कुल क्षति रकममध्ये चोरीबाट ५७.५ प्रतिशत, तोडफोडबाट ११.६ र आगजनीबाट ३०.९ प्रतिशत क्षति भएको प्रतिवेदनमा उल्लेख छ । सुन, चाँदी, हिरामोती जस्ता बहुमूल्य धातुमा समेत चोरीबाट १ अर्ब २ करोड ६४ लाख बराबर क्षति भएको छ ।
यस्ता धातुमा आगजनी र तोडफोडका कारण क्रमशस् १३ करोड ११ लाख र ९३ लाख बारबरको क्षति पुगेको छ ।
यस्तै अन्य बहुमूल्य वस्तुमा पनि आगजनी र तोडफोडको तुलनामा चोरी क्षतिको प्रमुख कारण देखिएको प्रतिवेदनमा छ ।
निजी प्रतिष्ठानहरूसँग रहेको नगद मौज्दात तथा सुनचाँदी लगायत बहुमूल्य वस्तुमा पुगेको क्षतिको रकम ५६ करोड १८ लाख बराबर छ । यो रकम निजी प्रतिष्ठानहरूले बेहोरेको कुल क्षतिको २.६ प्रतिशत हो ।
नगद तथा बहुमूल्य वस्तुमा पुगेको क्षति मुख्यतस् चोरी र आगजनी घटनाबाट भएको देखिन्छ । कुल क्षति रकममध्ये सबैभन्दा ठूलो अंश अन्य बहुमूल्य वस्तुको ६३.२ प्रतिशत छ ।


