जसपा र लोसपा नेपालबीच १२ बुँदे सम्झौता
सहयात्रा टिभी
काठमाडौं । पुस २६, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच १२ बुँदे सम्झौता भएको छ । आइतबार यी दुई दलहरूबीच १२ बुँदे सम्झौता भएको हो ।

सम्झौता अनुसार, ४३ सदस्यीय केन्द्रीय समन्वय समिति बनाइएको छ । जसमा महन्थ ठाकुरलाई संरक्षक बनाइएको छ भने अध्यक्षमा उपेन्द्र यादव चयन भएका छन् ।
समन्वय समितिले ११ सदस्यीय सचिवालय गठन गर्ने सहमति पत्रमा उल्लेख छ । एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी ९जसपा० नेपाल रहने सहमति पत्रमा उल्लेख छ ।


