छलफलका लागि शेखरसहित नेताहरू पुगे देउवा निवास
सहयात्रा टिभी
काठमाडौं । पुस २८, नेपाली कांग्रेसका नेता शेखर कोइरालासहितका नेताहरू सभापति शेरबहादुर देउवासँग छलफलका लागि पुगेका छन् ।

देउवा निवास महाराजगञ्जमा उनीहरूबीच छलफल सुरु भएको स्रोतले जानकारी दिए । छलफलमा सहभागी हुन कोइरालासहित सहमहामन्त्रीहरू जीवन परियार र बद्रि पाण्डे, नेता मिनेन्द्र रिजाल लगायत नेताहरू पुगेका छन् ।
भृकुटीमण्डपमा विशेष महाधिवेशन चल्दैगर्दा देउवाले छलफल तीव्र बनाएका हुन् ।
विशेष पक्षधर महाधिवेशनमा भने दुई प्रतिवेदन समेत पेश भइसकेको छ । जसमाथि अहिले समूहगत छलफल हुँदैछ ।


