पेट्रोल र डिजेलको मूल्य घट्यो

सहयात्रा टिभी

काठमाडौं । माघ २, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।

निगमले गएराति १२:०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रूपैयाँले घटाएको छ । यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर एक रूपैयाँले घटेको छ । निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर एक सय ५६ र डिजेल र मट्टितेल प्रतिलिटर एक सय ३६ रूपैयाँ कायम छ ।

इन्डियन आयल कर्पोरेसनबाट माघ १ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिले नयाँ मूल्यसूची निर्धारण गरेको हो ।

प्रकाशित : 16 January, 2026

प्रतिक्रिया दिनुहोस्