नेकपा एमालेले अधिकांश क्षेत्रमा टुंग्यायो उम्मेदवार, झापा–५ बाट ओली (सूचीसहित)
सहयात्रा टिभी
काठमाडौं । माघ ४, नेकपा एमालेले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशका अधिकांश निर्वाचन क्षेत्रहरूमा आफ्ना उम्मेदवारहरूको नाम तय गरेको छ । शनिबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा करिब ७ घण्टासम्म चलेको सचिवालय बैठकले उम्मेदवारहरूको नामलाई अन्तिम रूप दिएको हो ।

पार्टीका उपमहासचिव लेखराज भट्टका अनुसार, केही सीमित क्षेत्रहरू बाहेक देशभरका धेरैजसो स्थानमा उम्मेदवारको टुंगो लागिसकेको छ । बाँकी रहेका केही क्षेत्रहरूको हकमा भने पार्टी अध्यक्ष केपी शर्मा ओलीले थप छलफल गरी नामावली सार्वजनिक गर्ने जिम्मेवारी दिइएको छ । निर्वाचन कार्यतालिका अनुसार आगामी माघ ६ गते उम्मेदवारहरूको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली पुनः झापा क्षेत्र नं. ५ बाटै उम्मेदवार बन्ने निश्चित भएको छ । एमालेले सार्वजनिक गरेको उम्मेदवारहरूको नामावली यसप्रकार छ:
सुदूरपश्चिम
कैलाली
१) द्वारिका न्यौपाने
२) सूर्यबहादुर थापा
३) गौरीशंकर चौधरी
४) लेखराज भट्ट
५) यज्ञराज ढुङ्गाना
कञ्चनपुर
१) कमला बोहरा
२) वचनबहादुर सिंह
३) दीपक भट्ट
अछाम
१) झपटबहादुर बोहरा
२) यज्ञ बोगटी
बाजुरा
१) लालबहादुर थापा
डोटी
१) दीपक धामी
डडेल्धुरा
१) चक्र स्नेही
बझाङ
१) अफिलाल ओखेडा
बैतडी
१) दामोदर भण्डारी
दार्चुला
१) गणेशसिंह ठगुन्ना
कर्णाली
सल्यान
१) गुलाबजंग शाह
रुकुम पश्चिम
१) नन्दराम देवकोटा
सुर्खेत
१) धुर्व शाही
२) कुलमणि देवकोटा
कालिकोट
१) नागेन्द्र शाही (नेसनल)
जुम्ला
१) शान्तिबहादुर महत
मुगु
१) पूर्णबहादुर रोकाया
हुम्ला
१) दल फडेरा
डोल्पा
१) लङ्क रोकाया
दैलेख
१) रविन्द्रराज शर्मा
२) लक्ष्मीराज शर्मा
जाजरकोट
१) डम्मरबहादुर सिंह
लुम्बिनी
नवलपरासी
१) रामप्रसाद पाण्डे
२) भगवतीप्रसाद यादव
रुपन्देही
१) बाँकी
२) बाँकी
३) बासुदेव घिमिरे
४) बाँकी
५) खिमलाल भट्टराई
कपिलवस्तु
१) विश्राम चौधरी
२) अध्यक्षले टुङ्गाउने
३) बिरेन्द्र कडौनिया
दाङ
१) बाँकी
२) बाँकी
३) घनश्याम पाण्डे
बाँके
१) सूर्य ढकाल
२) बाँकी
३) दलबहादुर सुनार
बर्दिया
१) शालिकराम अधिकारी
२) विमला विक
पाल्पा
१) नारायण आचार्य
२) विष्णुप्रसाद पोडेल
रुकुम पूर्व
१) बाँकी
रोल्पा
१) गोकुल घर्ती
प्यूठान
१) सूर्य थापा
अर्घाखाँची
१) पिताम्बर भूसाल
गुल्मी
१) प्रदीप ज्ञवाली
२) गोकर्ण विष्ट
गण्डकी
नवलपुर
१) भागीरथ सापकोटा
२) तिलबहादुर महत क्षेत्री
गोरखा
१) आर.सी. लामिछाने
२) मिलन गुरुङ
लमजुङ
१) पृथ्वीसुब्बा गुरुङ
तनहुँ
१) भगवती न्यौपाने
२) केदार सिग्देल
स्याङ्जा
१) मिनप्रसाद गुरुङ
२) खिमबहादुर थापा
