सुदन, बालेनसँगै राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्ने

सहयात्रा टिभी

काठमाडौं । माघ ४, जेनजी अगुवा सुदन गुरुङ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने भएका छन् ।

उनले आफू केहीबेरपछि रास्वपा कार्यालय पुगेर रास्वपा प्रवेश गर्न लागेको जानकारी सामाजिक सञ्जालमार्फत गराएका छन् ।

उनले काठमाडौंका मेयर बालेन शाहसँगै रास्वपा कार्यालय पुग्न लागेको बताए ।

‘यो निर्णय पद, शक्ति वा व्यक्तिगत स्वार्थका लागि होइन, जनताको अपेक्षा र जिम्मेवारीप्रतिको प्रतिबद्धताबाट आएको हो,’ गुरुङले भनेका छन् ।मेयर शाह पुग्ने भएपछि रास्वपा कार्यालयमा शुभचिन्तकहरूको भिड छ । दिउँसो १ बजे नै पुग्ने भनिए पनि बालेन अहिलेसम्म पुगेका छैनन् ।

प्रकाशित : 18 January, 2026

प्रतिक्रिया दिनुहोस्