प्रधानमन्त्री कार्कीद्वारा काठमाडौं–तराई द्रुतमार्ग निरीक्षण

सहयात्रा टिभी

काठमाडौं । माघ १३, प्रधानमन्त्री सुशीला कार्कीले निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्ग निरीक्षण गरेकी छन् ।

उनले आज बिहान नेपाली सेनाका अधिकारी र उच्चपदस्थ कर्मचारीहरुको टोलीसहित द्रुतमार्ग निरीक्षण गरेकी हुन् ।

सो क्रममा उनले कामको प्रगतिबारे जानकारी लिँदै छिटो काम सम्पन्न गर्न निर्देशन दिएकी थिइन् । त्यसका लागि आवश्यक सहयोग सरकारले गर्ने उनको भनाइ थियो ।

काठमाडौं–तराई द्रुतमार्ग राष्ट्रिय गौरवको आयोजना हो । काठमाडौं उपत्यकालाई बाराको निजगढसँग जोड्ने छोटो दुरीको यो मार्गलाई रणनीतिक दृष्टिकोणले निकै महत्त्वपूर्ण मानिन्छ ।

करिब ७१ किलोमिटर लामो यो द्रुतमार्गको निर्माण नेपाली सेनाको व्यवस्थापन र निगरानीमा भइरहेको छ ।

२०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य रहे पनि आयोजनाले नीतिगत जटिलता, भौगोलिक कठिनाइ र जग्गा अधिग्रहणजस्ता विभिन्न समस्या झेल्दै आएको छ ।

आयोजनाको २०८२ असार मसान्तसम्मको समष्टिगत भौतिक प्रगति ४२।१३ प्रतिशत छ ।

 

 

प्रकाशित : 27 January, 2026

प्रतिक्रिया दिनुहोस्