भारतको महाराष्ट्रका उपमुख्यमन्त्री पवारको विमान दुर्घटनामा निधन

सहयात्रा टिभी

काठमाडौं । माघ १४, विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन भएको छ ।

आज बिहान बारामतीमा उहाँ चढेको निजी विमान दुर्घटना भएको थियो । दुर्घटना लगत्तै गम्भीर घाइते उहाँको निधन भएको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ ।

प्रारम्भिक विवरणमा विमानमा उपमुख्यमन्त्री पवारका साथै चार जना सुरक्षाकर्मी र चालकसमेत गरी ६ जना थिए ।

पवार जिल्ला परिषद् चुनावका लागि सभालाई सम्बोधन गर्न त्यसतर्फ जाँदै हुनुहुन्थ्यो । थप विवरण आउन बाँकि रहेको छ ।

प्रकाशित : 28 January, 2026

प्रतिक्रिया दिनुहोस्