फास्ट ट्र्याक समयमा सम्पन्न हुने सेनाको दाबी
सहयात्रा टिभी
काठमाडौं । माघ १६, संघीय राजधानीलाई मधेशसँग जोड्ने काठमाडौं-तराई फास्ट ट्र्याक तोकिएकै समयमा सम्पन्न गर्ने गरी काम भइरहेको नेपाली सेनाले जनाएको छ ।

सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले तोकिएको समयसीमा २०८३ चैतमै सम्पन्न गर्ने गरी काम भइरहेको बताए ।
अहिलेसम्म फास्ट ट्र्याकको भौतिक प्रगति ४५.१६ प्रतिशत रहेको उनले जानकारी दिए । वित्तीय प्रगति भने ४५.३३ प्रतिशत रहेको छ ।
सहायक रथी बस्नेतका अनुसार फास्ट ट्र्याक अन्तर्गत बन्नुपर्ने ८९ वटा पुलमध्ये १३ वटा निर्माण सम्पन्न भइसकेका छन् भने ८५ वटाको ठेक्का भएर काम सुरु भएको छ ।
फास्ट ट्रयाक निर्माण गर्ने क्रममा ५४ हजार रुख कटान भएका थिए । हालसम्म ७ लाख ५० हजार नयाँ बिरुपा रोपिएको र ती मध्ये १ लाख ५१ हजार हुर्काएर सामुदायिक वनलाई हस्तान्तरण गरिएको प्रवक्ता बस्नेतले जानकारी दिए ।
खोकना विवाद भने अहिलेसम्म सुल्झन सकेको छैन । सबै निकायबाट विवाद सुल्झाउने प्रयास भइरहेको सेनाले बताएको छ ।


