‘सोल्टिनी’ मा प्रविन र बिनाको रोमान्स

सहयात्रा टिभी

काठमाडौं । माघ १८, नयाँ नेपाली गीत ‘सोल्टिनी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गीतमा प्रविन बज्राचार्य, बिना राउत, गीता भुजेल र माया (कुकुर)को अभिनय देख्न सकिन्छ।

गीतमा स्वर स्वयं प्रविन बज्राचार्यको रहेको छ। गीतका शब्द ललित गोलेले लेखेका हुन् भने संगीत संयोजन प्रदीप जोशीले गरेका छन्। गीतमा संगीत रचना ‘द गोक्टे’ज (कमल उपासक) को रहेको छ। म्युजिक भिडियोको निर्देशन पनि प्रविन बज्राचार्यले नै गरेका छन्। छायाँकन अनिल र गोपालले सम्हालेका छन् भने भिडियोको सम्पादन तथा रंग संयोजन फ्यामिली क्रिएसन हाउसले गरेको छ।

‘सोल्टिनी’ गीतले प्रेम र सरल जीवनका भावनालाई प्रस्तुत गरेको छ। गीतको कथावस्तु र दृश्य संयोजनले दर्शकलाई सहजै जोड्ने प्रयास गरेको छ। कलाकारहरूको अभिनय स्वाभाविक देखिन्छ भने भिडियोमा कुकुर ‘माया’ को उपस्थितिले कथालाई थप भावनात्मक बनाएको छ।

गीतको म्युजिक भिडियो ओएसआर डिजिटल नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ। सार्वजनिक भएको छोटो समयमै दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको निर्माण पक्षले जनाएको छ।

प्रकाशित : 1 February, 2026

प्रतिक्रिया दिनुहोस्