सुन आज तोलामा १३ हजार ४ सय रुपैयाँले घट्यो

सहयात्रा टिभी

काठमाडौं । माघ १९, नेपाली बजारमा सोमबार पनि सुन र चाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ तोलामा १३ हजार ४ सय रुपैयाँले घटेको हो । आज सुनको भाउ प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयाँ कायम छ । हिजो आइतबार सुनको भाउ तोलामा १८ हजार ८ सय रुपैयाँले घटेर ३ लाख रुपैयाँ कायम थियो । सोमबार चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आइतबार तोलामा ५ हजार ५ सय रुपैयाँ कायम भएको चाँदी सोमबार तोलामा ३ सय रुपैयाँ घटेर ५ हजार २ सय रुपैयाँ कायम छ ।

 

प्रकाशित : 2 February, 2026

प्रतिक्रिया दिनुहोस्