निर्वाचन प्रहरी भर्ना भएका मध्ये ६ जना डिग्री होल्डर

सहयात्रा टिभी

काठमाडौं । माघ १९, निर्वाचन प्रहरीमा डिग्री होल्डर (स्नातकोत्तर उत्तीर्ण) पनि भर्ना भएका छन् ।

 

नेपाल प्रहरीले हालसम्म १ लाख ३३ हजार ९८० निर्वाचन प्रहरी छनौट गरेको छ भने सशस्त्र प्रहरी बलले १५ हजार ११० प्रहरी छनौट गरेको छ ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभि नारायण काफ्लेका अनुसार माघ १८ देखि उनीहरूको १० दिने तालिम सुरु भइसकेको छ । तालिममा शारीरिक व्यायाम, सलामी दिने अभ्यास र सर्वसाधारणसँग कसरी व्यवहार गर्ने जस्ता विषयमा प्रशिक्षण दिइन्छ ।

काठमाडौंमा मात्रै ४ हजार ८७३ निर्वाचन प्रहरी भर्ना भएका छन् । तीमध्ये डिग्री ६ जना स्नातकोत्तर उत्तीर्णहरु रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकीले जानकारी दिए । यसैगरी ३५ जना स्नातक उत्तीर्ण छन् ।

देशभरबाट कति स्नातकोत्तर उत्तीर्ण व्यक्तिहरु भर्ना भएका छन् भन्ने विवरण भने संकलन भइरहेको छ ।  यो पटकको निर्वाचनका लागि कुल १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिने तयारीमा छन् ।

 

 

प्रकाशित : 2 February, 2026

प्रतिक्रिया दिनुहोस्