झापामा कुन उम्मेदवारलाई भोट हाल्नुहुन्छ भनेर सोध्न नपाउने निर्णय
सहयात्रा टिभी
काठमाडौं । माघ १९, जिल्ला प्रशासन कार्यालय झापाले मतदातालाई कुन उम्मेदवारलाई भोट हाल्नुहुन्छ भनेर सोध्न नपाउने निर्णय गरेको छ ।

झापाका सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत अञ्जन न्यौपाने र तेजप्रकाश प्रसाईंले संयुक्त विज्ञप्ति जारी गरी यस्तो निर्णय भएको बताएका हुन् ।
विज्ञप्तिमा मतदाताको गोपनीयता भंग गर्ने काम भइरहेको भन्दै रोक लगाइएको उल्लेख छ । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।
यसका लागि दलहरू अहिले चुनावी घरदैलोमा व्यस्त छन् । यही समयमा विभिन्न सञ्चारमाध्यममा मतदातालाई कसलाई मत दिने रु भन्ने प्रश्न सोध्ने गरिएको भन्दै कडाइ गरिएको बताइएको छ।


