चुनाव दुई चरणमा नगर्न निर्वाचन आयोगलाई प्रचण्डको सुझाव

सहयात्रा टिभी

काठमाडौं । माघ २१ , नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०का संयोजक पुष्पकमल दाहाल प्रचण्डले दुई चरणमा चुनाव नगर्न निर्वाचन आयोगलाई सुझाव दिएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले निर्वाचन फागुन २१ मै हुने बताउँदै एकै चरणमा गर्न पनि सुझाव दिए ।

साथै, स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा निर्वाचन भए नेकपा एक नम्बर पार्टी बन्ने दाबी पनि उनले गरे । सामाजिक सञ्जालमा हुने गतिविधिले चुनावी नतिजा निर्धारण नगर्ने उनको भनाइ थियो ।

‘स्वच्छ, निष्पक्ष र धाँधलिरहित निर्वाचन हुँदा हाम्रो नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० एक नम्बर पार्टी बन्ने सम्भावना छ । सोसियल मिडियामा हाहा र हुहु गरेर केही हुनेवाला छैन,’ प्रचण्डले भने ।

राष्ट्रलाई एकताबद्ध गर्दै भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा उभिने तथा आर्थिक विकासलाई अगाडि बढाउन सक्ने नेता र पार्टीलाई नेपाली जनताले चिनिसकेको उनको भनाइ छ ।

 

 

प्रकाशित : 4 February, 2026

प्रतिक्रिया दिनुहोस्