कसैसँग गठबन्धन नगरी धेरै सिट जितेर पहिलो पार्टी बन्ने प्रचण्डको दाबी

सहयात्रा टिभी

काठमाडौं । माघ २२, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा धेरै सिट जितेर आफूहरु पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।

नेकपा केन्द्रीय निर्वाचन परिचालन समितिको जुम बैठकलाई आज बिहान सम्बोधन गर्दै प्रचण्डले कसैसँग गठबन्धन वा तालमेल नगरी पहिलो पार्टी बन्ने जिकिर गरेका हुन् ।

अन्य पार्टीहरुबाट आफूहरुले राम्रो रेस्पोन्स पाइरहेको भन्दै प्रचण्डले प्रत्यक्षमा एमालेले भन्दा धेरै सिट जित्ने अहिले नै निश्चित भइसकेको जिकीर गरेका थिए ।साथै उत्साहका साथ निर्वाचनको तयारीमा जुट्न र आधिकारिक उम्मेदवारलाई जिताउन उनले निर्देशन दिए ।

सहसंयोजक माधव कुमार नेपालले पनि बैठकलाई सम्बोधन गर्दै विभिन्न दल र नेताहरुसँग छलफल भए पनि आफूहरु एक्लै निर्वाचन लड्ने बताएका थिए । ‘राजनीतिमा छलफल सम्वाद हुनसक्छन् तर हामी एक्लै उत्साहका साथ चुनाव लडेर जित्ने छौं’ नेपालले भनेका थिए ।

जुम बैठक आज बिहान ८ बजेदेखि करिब एक घण्टासम्म चलेको थियो । बैठकमा पार्टीका सबै केन्द्रीय सदस्यहरु सहभागी थिए ।

 

 

प्रकाशित : 5 February, 2026

प्रतिक्रिया दिनुहोस्