उम्मेदवारले सामाजिक सञ्जालमा गरेको खर्च पनि आयोगले जानकारीमा राख्ने

सहयात्रा टिभी

काठमाडौं । माघ २२, प्रतिनिधिसभा सदस्यका उम्मेदवारले सामाजिक सञ्जालमा गरेको खर्च पनि निर्वाचन आयोगले जानकारीमा राख्ने भएको छ ।

आयोगका सहसचिव एवं प्रवक्ता नारायाण प्रसाद भट्टराईले सामाजिक सञ्जालमा गरेको खर्च पनि आयोगले जानकारीमा राख्ने जानकारी दिएका हुन् । आगामी २१ फागुनमा निर्वाचन हुँदैछ । उम्मेदवारका लागि ठाउँ अनुसार खर्चको सीमा तोकिएको छ ।

निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरक फरक खर्च सीमा निर्धारण गरेको हो ।

काठमाडौँका पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले २५ लाखसम्म खर्च गर्न पाउनेछन् । त्यसमा काठमाडौँ क्षेत्र नं १, ३, ६, ७ र ८ रहेका छन् । १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २७ लाख बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरिएको छ ।

६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २९ लाख बराबर खर्च गर्न पाउनेछन् । आयोगका अनुसार ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३१ लाख, २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३३ लाख बराबरको खर्च गर्न पाउने गरी सीमा निर्धारण गरिएको छ ।

निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने प्रावधान छ ।

 

प्रकाशित : 5 February, 2026

प्रतिक्रिया दिनुहोस्