धनुषामा सडक छेउमा भेटियो एक युवतीको शव फेला

सहयात्रा टिभी

काठमाडौं । माघ २३, धनुषामा सडक छेउमा फालेको अवस्थामा एक युवतीको शव फेला परेको छ । धनुषाको औरही गाउँपालिका १ पौडेसरमा सडक छेउमा अन्दाजी २५ वर्षीया महिलाको शव फेला परेको हो ।

महिलाको टाउकोमा घाउ देखिएकाले हत्या गरेर फालेको हुनसक्ने देखिएको धनुषाका प्रहरी उपरीक्षक रुगम बहादुर कुँवरले बताए ।

आज बिहान शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटना हिजो रातिकै हुन सक्ने प्रहरीको आशंका छ ।

महिलाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

 

प्रकाशित : 6 February, 2026

प्रतिक्रिया दिनुहोस्