२०८२ साल माघ २५ गते आइतबारको राशिफल
सहयात्रा टिभी
काठमाडौं । माघ २५, आज २०८२ साल माघ २५ गते आइतबार फागुन कृष्ण पक्षको सप्तमी तिथि । तदनुसार सन् २०२६ फेब्रुअरी ८ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ ।

मेष : सुझबुझसँग गरेको लगानीबाट फाइदा हुनेछ । साथीभाइको साथले तपाईंका काम सहजै बन्नेछन् । राज्यको लगानीले सार्थकता पाउने छ । तपाईंको तर्क सफल बन्नेछ । बोली र व्यवहारमा एकरुपताको खाँचो भने देखिन्छ ।
वृष : एकल निर्णय गर्ने बानीले ठुलो घाटा हुनसक्ने जोखिम छ । निर्णायक शब्द सार्वजनिक गर्नु अगाडि सोच्नुपर्ने समय छ । अप्रिय खबरले मन अशान्त बन्नेछ । संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।
मिथुन : मन खुशी रहनेछ । सम्पत्ति आर्जन हुनेछ । मिष्ठान्न भोजनको योग रहेको छ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
कर्कट : शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ । साथीभाइको सहयोगले सोचेका काम फटाफट हुनेछन् । दाम्पत्य सुख मिल्ने दिन छ । बिहान उठेर धार्मिक कार्यमा सहभागी भएमा हरेक काममा सफलता मिल्नेछ ।
सिंह : दिन सहज बन्नेछ । माया मार्न लागको सम्पत्ति हात लाग्नेछ । आज नयाँ कामको थालनी हुनेछ । शुभ खबर सुन्न पाइनेछ । अगाडि मिठो बोलेर पछाडि कुरा काट्ने साथीसँग सचेत बन्नु उचित हुनेछ ।
कन्या : बौद्धिक क्षेत्रमा टकराब हुनेछ । हरेक निर्णयका लागि फराकिलो छाती पर्नुपर्ने समय छ । शिक्षामा गरेको प्रयासमा अवरोध देखिने जोखिम छ । राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ ।
तुला : दिन सहज छ । सानो कुरामा नअल्झिनु उचित हुनेछ । विपक्षी साथी बौद्धिक भएकाले थोरै बोलेर अगाडि बढ्नु राम्रो हुन्छ । परिवारमा एक्लो भएको महसुस हुनेछ । प्रेम सम्बन्धमा खटपटी बढ्नेछ ।
वृश्चिक : सोचेको काम सफल बन्नेछ । बौद्धिक क्षेत्रका साथीसँग परामर्श लिनु उचित हुनेछ । कूटनीतिक ढंगले अगाडि बढ्नु राम्रो हुनेछ । परिवारसँग रमाइलो यात्राको अवसर मिल्नेछ ।
धनु : दिन सामान्य छ । मिल्ने साथीले धोका दिने जोखिम रहेको छ । घुमाउरो भाषा बुझ्न नसक्दा हरेक ठाउँमा अप्ठेरो परिस्थिति बन्नसक्छ । परिवारका तपाईंको प्रस्ताव अस्वीकृत हुँदा मनमा खटपटी बढ्नेछ ।
मकर : शनिदेव अनुकुल भएमा दिन सहज छ । साथीभाइले तपाईंलाई साथ दिनेछन् । राजनीतिक टकराबमा अडानलाई यथावत राख्नु उचित देखिन्छ । बौद्धिक क्षेत्रले तपाईंलाई साथ दिएको छ । स्वास्थ्यमा सुधारका साथ दिएका छन् । परिवारको सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ ।
कुम्भ :सानो कुराले मनमा झन्झट बढ्नेछ । आफ्नो कुरामात्र कार्यान्वयन हुनुपर्छ भन्ने बानीलाई केही हदसम्म छोड्नु उचित हुनेछ । अरुको प्रशंसा गर्दा आफ्नो ख्याल गर्न नझुल्नु राम्रो हुनेछ । धार्मिक क्षेत्रको झुकाबले दिन शान्त बन्नेछ ।
मीन : शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । आफन्तसँग सचेत भएर अगाडि बढ्नुपर्ने समय छ । बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ । स्वास्थ्यले साथ दिनाले दिन अनुकुल बन्नेछ ।


