मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । माघ २६, घोराही उपमहानगरपालिका–१६ स्थित सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृतकको पहिचान खुलेको छैन ।


लु प्र ०२००१ प ११०२ नम्बरको ‘पल्सर’ मोटसाइकल घोराही तुलसीपुर सडकखण्डको सेवार खोलामा गएराति दुर्घटना भएको अनुमान छ । आज बिहान उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याइएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : 9 February, 2026

प्रतिक्रिया दिनुहोस्